(डमरुको डण्डीबियो) सबै दर्शकले हेर्न पाउने !


पछिल्लो समय नेपाली चलचित्र क्षेत्रले नै निकै आषा गरेको चलचित्र डमरुको डण्डीबियोले केन्द्रीय चलचित्र जाँचपास समितीबाट सबै किसिमका दर्शकले हेर्न पाउने गरी युनिर्भसल प्रमाणपत्र प्राप्त गरेको छ ।

हरेक चलचित्रमा केही न केही फरक कुरा दिने अभिनेता तथा लेखक खगेन्द्र लामिछाने कै लेखन र मुख्य भुमिकामा अभिनय रहेको यो चलचित्र आगामी सुक्रबार अर्थात बैशाख २१ गतेबाट नेपालका सम्पुर्ण चलचित्रहलहरुमा एकसाथ प्रर्दशन हुँदैछ ।

चलचित्रमा डण्डीबियोको कुरा मात्रै नभएर अन्य पारिवारीक र मायाँ प्रेमका कुराहरुलाई पनि सकेटेको, केही दिन अगाडी गरीएको एक कार्यक्रममा लामिछानेले बताएका थिए ।

सोही क्रममा निर्देशक छेतेन गुरुङ्गले पनि करिब दुई घण्टा चलचित्रले दर्शकलाई स्थिर बनाउन सक्ने कुरामा आफु ढुक्क रहेको, दाबी पनि गरेका छन् ।

चलचित्रमा खगेन्द्रका सँगै अनुप बराल,मेनुका प्रधान,आशान्त शर्मा,लक्ष्मी बर्देवा अंकीत खड्का लगायत कलाकारले पनि अभिनय गरेका छन् ।

डमरुको डण्डीबियोलाई समृद्धी ईन्टरटेन्मेन्टको ब्यानरमा नोर्बु छिरिङ्ग घले र बिनोद गुरुङ्गले निर्माण गरेका हुन भने चलचित्रमा हरि हुमागाईको छायांकन र निमेश श्रेष्ठ,प्रितम पाण्डेको सम्पादन रहेको छ ।



Powered by Blogger.