डमरुको डण्डीबीयोको ट्रेलर रिलिज (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रमा छुट्टै छवि बनाएका अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र डमरुको डण्डीबीयो को ट्रेलर रिलिज भएको छ ।

चलचित्रको ट्रेलरमा डण्डीबीयो खेललाई निकै महत्व दिईएको छ, भने मसलाको रुपमा ट्रेलरमा मायाँ प्रेमका कुराहरुलाई पनि समेटीएको छ । यो चलचित्रले डण्डीबीयोलाई पुनः नेपालको राष्ट्रिय खेलको मान्यता दिलाउन संर्घष गरेको निर्माण पक्षले बताएको छ ।

चलचित्रमा खगेन्द्रका अलावा अनुप बराल,बुद्धि तामाङ्ग,आसान्त शर्मा,मेनुका प्रधान,अंकीत खड्का, लक्ष्मी बर्देवा,नमिता घिसिङ्ग,मिश्री थापा लगायत कलाकारले अभिनय गरेका छन् ।

डमरुको डण्डीबीयोलाई समृद्धी ईन्टरटेन्मेन्टको ब्यानरमा बिनोद गुरुङ्ग र नोर्बु छिरिङ्ग घले ले निर्माण गरेका हुन, भने छेतेन गुरुङ्गले निर्देशन गरेका छन् ।

यो चलचित्र बैशाख २१ गतेबाट प्रर्दशन हुँदैछ ।


Powered by Blogger.