रणविर कपुरको कारण आलिया र कट्रिन बिच बिवाद !

पछिल्लो समय अभिनेत्री आलिया भट्ट र अभिनेता रणविर कपुर चलचित्र ब्रह्मास्त्र को छायांकनमा ब्यस्त छन् । भारतीय संचार माध्यमहरुका अनुसार यहि फिल्मको कारणले पछिल्लो समय अभिनेत्री कट्रिना कैफ र अलिया भट्ट बिच केही बिवाद उत्पन्न भएको छ ।

कट्रिना ब्रह्मास्त्र को सुटिङ्ग सेटमा पुगेर रणविर र आलियाको रोलको विषयमा चासो दिन थालेपछि कैफ र भट्ट बिच बिवाद बढेको बताईएको छ ।

स्मरण रहोस कट्रिना र आलिया लामो समय देखी मित्रतामा थिए ।

ब्रह्मास्त्रको छायांकन भैरहेको समयमा रणविर र कट्रिना बिच अफएर चलेको हल्ला फैलीन थालेपछि कट्रिनाले यो फिल्म छायांकनको विषयमा चासो दिन थालेकी हुन् ।

Powered by Blogger.