बक्स अफिसमा कमाल गर्न नसकेको (ब्लाईन्ड रक्स)को माग बढ्दै !


सार्वजनीक प्रर्दशन भएको समयमा सोंचे भन्दा चाँडै हलबाट छुट्टी पाएको चलचित्र ब्लाईन्ड रक्सको अहिले माग बढेको पाईएको छ । चलचित्रले ब्यावसायीक सफलता हासिल गर्न नसके पनि चलचित्रको मर्म र चलचित्रले भन्न खोजेको कुरा बुझेपछि अहिले यो चलचित्रको शोहरु बढ्दै गएको निर्माता निकेश लिम्बुले बताएका छन् ।

दृष्टी बिहिन युवती श्रृष्टी केसीको जिवन माथी बनेको यो बायोपीक चलचित्रको राजधानीको कुमारी हलमा केही दिन पहिले विषेश प्रर्दशन स्वरुप २ शो चलेको थियो ।

उक्त शो मा चलचित्र हेरीसकेपछि यो चलचित्र प्रती दर्शकको चासो बढेको कारण पुनः थप एक शो पनि हुने भएको छ ।

निर्माता निकेस लिम्बुका अनुसार प्रचार प्रसार नपुगेको कारणले पनि चलचित्रले सार्वजनीक प्रर्दशनको समयमा उत्साहजनक दर्शक पाउन सकेन, धेरै दर्शकलाई यो चलचित्र प्रर्दशन भएको थाहै भएन, जतिबेला थाहा भयो त्यतीबेला चलचित्र हलबाट बाहीरी सकेको थियो ।

मिलन चाम्सको निर्देशन, निकेश लिम्बुको निर्माणमा बेनिशा हमाल,अर्पण थापा,गौरी मल्ल लगायत कलाकारले अभिनय गरेको प्रेरणदायी चलचित्र ब्लाईन्ड रक्स श्रृष्टी केसीद्धारा संचालीत ब्लाईन्ड रक्स नामक संस्थाको सहयोगार्थ विषेश शो मार्फत प्रर्दशन भैरहेको छ ।



Powered by Blogger.