पोस्टरमा यस्तो छ भैरे !


जेठ १८ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र भैरेले फस्र्ट लुक स्वरुप दुई ओटा पोस्टर रिलिज गरेको छ ।
रिलिज गरीएको दुई पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ्ग राई,बुद्धि तामाङ्ग, वर्षा सिवाकोटी,बिक्रान्त बस्नेत, सुरक्षा पन्त लगायतका कलाकारहरु अटाएका छन् ।

प्रेम प्रसाद पौडेल र देबीमायाँ अधिकारी निर्माता रहेको यो चलचित्रमा एभ्रेष्ट सुर्य बोहराको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रमा करुणाकर घिमिरे,सिवता गुरुङ्ग,यम बराल,कुमार बस्नेत सह निर्माता रहेको यो चलचित्रलाई नेपालय सिनेमा ईन्टरनेशलको ब्यानरमा निर्माण गरीएको छ, भने लेखबहादुर पुन कार्यकारी निर्माता रहेका छन् ।

पुरुसोत्तम प्रधानको छायांकन,बनिश शाहको सम्पाद,सुर्य थोकरको एक्सन,बसन्त सापकोटाको संगीत रहेको यस चलचित्रमा माथी उल्लेखीत कलाकारहरुका अलावा सुनिल थापा,अनुभव रेग्मी,अंकीत पौडेल,कञ्चन ठकुरी,जान्वी बोहरा,जयनन्द लामा,अर्जुन गुरुङ्ग, सुरविर पण्डीत लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.