चलचित्र बादशाह जुटको छायांकन सुरु !


शनिबारबाट चलचित्र बादशाह जुटको छायांकन सुरु गरीएको छ ।  जोनी शिंह राणाको निर्देशनमा छायांकन सुरु गरीएको यो चलचित्रमा शुशिल श्रेष्ठ केन्द्रीय भुमिकामा देखीदै छन्, भने केईशा राउत,आमिर गौतम,रश्मी पाण्डे,रोविन तामाङ्ग,रोशी  खड्का लगायत कलाकारले पनि मुख्य भुमिकामा अभिनय गर्दै छन् ।

यो चलचित्रलाई एच एण्ड बी फिलिम्स र गोल्डेन ग्रेप्स फिल्म एण्ड ईन्टरटेन्मेन्ट प्रा.लि ले संयुक्त रुपमा निर्माण गर्दै छन् ।

शुशिलले अभिनय गरेका बिगतका दुई चलचित्र सायद २ र कारखाना नेपाली बक्स अफिसमा असफल भएपछि सिने क्षेत्रमा शुशिलको सम्वाभना टरेको थियो । तर छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र लभ डायरीज र बादशाह जुटले उनको जिवनलाई केही सुखद बनाउने आंकलन गरीएको छ ।

Powered by Blogger.