लगातार फ्लप भएका आर्यनलाई हिट बनाउला त (बाँध मायाँले) ?


करीब दुई वर्ष पहिले आफ्नै काका आकास अधिकारीको चलचित्र (के म तिम्रो होईन र) बाट नेपाली रजतपटमा डेब्यु गरेका आर्यन अधिकारी अभिनीत पछिल्लो चलचित्र बाँध मायाँले को निर्माण पक्षले प्रर्दशन मिती तोकेको छ ।

असोज ५ गतेबाट प्रर्दशन हुने यो चलचित्र हिट होला या फ्लप ? यो विषयमा अहिले नै यसै भन्ने अवस्था छैन । तर आर्यन अधिकारी अभिनीत बिगतका चलचित्रहरुको अवस्था हेर्ने हो भने यो चलचित्रमा माथी पनि हिट र फ्लपको बिचमा शंका गर्ने प्रसस्तै ठाँउ रहेको छ । किन कि आर्यनका अहिले सम्मका कुनै पनि चलचित्र हिट हुन सकेका छैनन् ।

उनले फ्लप फिल्मको संख्या बढाउन राम्रै योगदान गरेको चर्चा फिल्म बृतमा चल्ने गरेको छ । उनले अभिनय गरेको र केही महिना पहिले मात्रै प्रर्दशन भएको फिल्म (बटर फ्लाई) ले पोस्टरको पैसा पनि उठाउन नसकेको भन्ने चर्चाले पनि उक्त समयमा फिल्म बृतलाई निकै तताएको थियो ।

बटर फ्लाईमा प्रियंका कार्की सँग जोडी बाँधेका आर्यनले यो चलचित्रमा श्रृष्टी श्रेष्ठ सँग जोडी बाँधेका छन् । प्रियंका सँगको जोडीमा अफाप भएको अर्यानलाई श्रृष्टी सँगको जोडी कत्तिको फाप्ने हो ? त्यो भने यो चलचित्र प्रर्दशन पश्चातनै थाहा हुने छ ।

काईट्स ईन्टरटेन्मेन्टको ब्यानरमा रामहरी धिताल,विभेषिका श्रेष्ठ, महेन्द्र अधिकारी र केदार धिताल निर्माता रहेको यो चलचित्रलाई सबिर श्रेष्ठले लेखन तथा निर्देशन गरेका छन् ।

चलचित्रमा आर्यन र श्रृष्टीका अलावा राजाराम पौडेल,विशाल चाम्लीङ्ग, किशोर खड्का, रविन होड सेन लागयत कलाकारले अभिनय गरेका छन् ।



Powered by Blogger.