(तिमी सँग) युनिट प्रचार प्रसारको लागी चितवन प्रस्थान !

चैत्र २३ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र तिमी सँग को युनिट सुक्रबार चितवन तर्फ प्रस्थान गरेको छ । प्रर्दशन मिती नजिकीदै जाँदा यो युनिट प्रचार प्रचारको लागी चितवन तर्फ लागेको हो ।
केही दिन अघि मात्रै राजधानीमा एक कार्यक्रमको आयोजना गरेर एउटा गित सार्वजनीक गरेको यो चलचित्रलाई पुराना र अनुभवी चलचित्रकर्मी शिशिर राणाले निर्माण तथा निर्देशन गरेका हुन् ।
साम्राज्ञी शाह,नाजीर हुसेन,आकास श्रेष्ठ,अनुपम श्रेष्ठ र शिशिर राणाले मुख्य भुमिकामा अभिनय गरेको यो चलचित्रलाई नमन प्रोडक्सनको ब्यानरमा निर्माण गरीएको छ ।
चलचित्रमा बनिश शाहको सम्पादन,रोशन भट्टराईको द्धन्द,शुशिल क्षेत्रीको छायांकन रहेको छ ।


Powered by Blogger.