सुनकेसरी को ट्रेलर रिलिज (भिडियो सहित)

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र सुनकेसरीको ट्रेलर रिलिज गरीएको छ । हरर जनरामा निर्माण गरिएको यो चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन् ।
बिजि ईन्टरटेन्मेन्ट, रिचा शर्मा फिलिम्स, द पिक पिक्र्चस र थर्ड आई पिक्र्चसको संयुक्त ब्यानरमा निर्माण गरिएको सुनकेसरी को सम्पुर्ण छायांकन अष्ट्रेलीयामा गरिएको हो ।
१९८० मा निर्माण भएको अष्ट्रेलीयाको एउटा दरबार जो बुटिक होटलमा परिणत हुने समयमा त्यो होटलमा पहिलो गेष्टको रुपमा पुगेका दुई पात्र रुपेन र एमाको वरीपरी सुनकेसरीको कथा घुम्ने निर्माण पक्षले बताएको छ ।
यो चलचित्रको निर्मातामा भिम न्यौपाने र रिचा शर्मा रहेका छन्, त्यसै गरी सह निर्मातामा शर्मिला सापकोटा र धर्मराज अधिकारी, कार्यकारी निर्मातामा मनोज अधिकारी रहेका छन् ।
चलचित्रमा रिचा शर्मा,रविन्द्र झा,सन्नी ढकाल,भिम न्यौपाने लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् ।



Powered by Blogger.