अन्ततः यसरी कुरा मिल्यो सुवास गिरि र सम्भु प्रधान बिच !

आफ्नो गित चोरी गरेर चलचित्र क्रृ मा राखेको भन्दै पुराना चलचित्रकर्मी सम्भु प्रधानले क्रृ का निर्माता विरुद्ध जाहेरी दर्ता गराएका थिए । हिंजो मंगलबार प्रहरीले दुबै पक्षलाई राखेर आपसी सहमती गराउने प्रयास गरेको थियो । मंगलबार बेलुका अबेर सम्म पनि सहमती हुन नसकेपछि प्रतिलिपि ऐन अनुसार प्रहरीले क्रृ का निर्माता सुवास गिरिलाई आवस्यक अनुसन्धानको लागी भन्दै हिरासतमा राखेको थियो ।
पुरानो चलचित्र सम्झनामा समावेस गरीएको उकालीमा अघि अघि बोल रहेको गितको केही अंश क्रृ मा राखीएको थियो ।
हिंजो सम्म ५० लाख क्षेतीपुर्ती दाबी गर्दै आईरहेका प्रधानले अन्नतः ११ लाखमा सहमती गरेका छन् । सहमती पश्चात निर्माता सुवास गिरि हिरासत मुक्त भएका छन् ।

Powered by Blogger.