गित चोरीको अभियोगमा क्रृ निर्माता सुवास गिरि प्रहरी हिरासतमा !

केही समय अघि प्रर्दशनमा आएको चलचित्र क्रृ का निर्माता सुवास गिरिलाई गित चोरीको अभियोगमा प्रहरीले हिरासतमा लिएको छ ।
सम्भु प्रधान निर्देशीत चलचित्र सम्झनामा समावेस भएको उकालीमा अघि अघि बोल रहेको गित चोरी गरेर चलचित्र क्रृ मा राखीएको आरोप गिरी माथी लागेको छ ।
केही हप्ता पहिले सम्झनाका निर्देशक प्रधानले गिरी माथी गित चोरेको आरोप लगाएर किटानी जाहेरी दिएका थिए । 
यो चलचित्रको निर्मातामा भुवन केसी पनि रहेको बताईए पनि चलचित्र बिकास बोर्डमा रहेको दर्ता फाईलमा भने क्रृ को निर्मातामा सुवास गिरिको मात्रै नाम रहेकाले प्रहरी उनलाई मात्रै हिरासतमा लिएर अनुसन्धान थालीएको बताईएको छ ।
अनुसन्धानबाट आरोप प्रमाणीत भएमा गिरीले प्रतिलिपी अधिकार ऐन अनुसार ६ महिना जेल सजाय र माग बमोजीम क्षतिपुर्ती दिनु पर्ने हुन्छ ।

Powered by Blogger.