अन्य स्टुडीयो सँग प्रतिस्पर्धा गर्न सक्ला त स्टुडीयो रिङ ले ?

पछिल्लो समय फिल्मको पोस्टप्रोडक्सन काम गर्ने ठुला र निकै नाम चलेका स्टुडीयोहरु काम नपाएर खाली भएको अवस्थामा फेरी अर्को स्टुडीयो खुलेको छ । ब्यावसायीक रुपमा चलचित्र बजारमा निकै ठुलो प्रतिस्पर्धा भएको बेलामा यो स्टुडीयो संचालनमा आएको हो । सिने बजारमा यो स्टुडीयोले अन्य पुराना स्टुडीयो सँग प्रतिस्पर्धा गर्न सक्छ अथवा सक्दैन ? त्यो भने भविस्यले नै बताउने छ ।
उच्च प्रविधि सहित खोलीयको भनियको यस स्टुडीयो ललितपुरकोे रिङगरोड एकान्तकुनामा खोलीएको छ । स्टुडियो रिङ नाम दिईएको यस स्टुडीयोलाई चलचित्र निर्माता तथा संगीतकर्मी दिपक रमणले संचालनमा ल्याईएका हुन् ।
यस स्टुडियोमा दिपकसँगै दिवाकर खड्का, लोक बहादुर शाक्य, गंगा खड्गी र राजकुमार महर्जन पनि पार्टनरमा रहेका छन् । स्टुडियो रिङमा गीत संगीत देखी फिल्मको पोष्ट प्रोडक्शनको सम्पुर्ण कामहरु हुने दिपक रमणले बताए । स्टुडियो रिङको उद्घाटन बरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्की र बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले गरेका हुन् ।

Powered by Blogger.