संसारको सबै भन्दा महंगो ठाउँमा सोनमको बिवाह हुँदै !

हाल फिल्म वीरे दि वेडीङ्ग को छायांकनमा ब्यस्त रहेकी बलिउड अभिनेत्री सोनम कपुर चाँडै नै बैवाहीक बन्धनमा बाँधीने भएकी छिन् । भारतीय संचार माध्यमहरुका अनुसार ३२ वर्षीय कपुरको बिवाह मे ११ र १२ मा प्रेमी आनन्द आहुजा सँग हुने भएको छ । उनिहरुको बिवाह संसारको सबै भन्दा महंगो शहरको रुपमा चिनिएको स्विजरल्याण्डको जिनेवा शहरमा हुँदैछ ।
सोनमको लागी बिवाहमा लगाउने ड्रेस भारतका चर्चीत ड्रेस डिजाईनर अब्बु जानी र संदीप खोसलले तयार गर्ने भएका छन् । भेन्यु बुकिङ्ग भैसकेपछि अहिले सोनमको पिता अनिल कपुर भारतबाट स्विजरल्याण्ड जानको लागी फ्लाईट बुकिङ्ग गर्ने तर्फ लागेका छन् ।
प्राप्त समाचर अनुसार सोनमको पिता अनिल कपुरले छोरी सोनमको बिवाह भारतकै जयपुर वा उदयपुरमा गराउन चाहेका थिए । तर सोनम र आनन्दको रोजाईमा स्विजरल्याण्डको जिनेवा परेपछि बैवाहीक स्थान परिर्वतन गरिएको थियो ।

Powered by Blogger.