यस्तो भयो शनिबार शत्रु गतेको ब्यापार !

गत सुक्रबारबाट प्रदर्शमा आएको चलचित्र ’शत्रु गते’ उत्साह जनक ब्यापार गर्न सफल भएको समाचार प्राप्त भएको छ । प्रर्दशन भएको पहिलो दिन राम्रै ब्यावसाय गरेको यो चलचित्रले शनिबार देशका अधिकांस सिनेमा हलमा बिहान देखी बेलुका सम्मका सबै शोहरुमा हाउसफुलको ब्यापार गरेको छ । शत्रु गतेलाई दर्शकले रुचाएको पनि पाईएको छ । शनिवार राजधानीका मल्टिप्लेक्स हलहरुमा धेरै दर्शकले टिकट नपाएर फर्कीएका थिए । नेपाली चलचित्रकर्मीहरुको पहिलो प्रार्थमीकतामा पर्ने चावहीलको गोपीकृष्णमा ६ वटा हल , अस्टनारायणमा ३ वटा हल र गुण सिनेमामा  ४ वटा हलमा हाउसफुल भएको थियो ।

यो चलचित्र हेर्न परिवार सहित आउनेको संख्या बढि रहेको पाईएको छ । जुन कुरा नेपाली चलचित्रकर्मीको लागी सकात्मक पक्ष हो । हिंजो शनिबार दिन भरी चलचित्रको निर्माण पक्ष कलाकार सहित राजधानीका प्रायः सबै हलहरुमा घुमेको थियो । दर्शकको उत्साहजनक साथले निर्माण पक्ष थप उत्साहीत भएको पाईएको छ ।
प्रदीप भट्टराईले निर्देशन गरेको यो चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथालाई निर्देशक आफै र दीपकराज गिरीले पटकथा संवाद भरेका हुन् चलचित्रमा  दिर्घ गुरुङको छायाँकन, मित्र गुरुङको सम्पादन रहेको छ भने दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
शत्रु गतेमा हरिवंस आचार्य,मदनकृष्ण श्रेष्ठ,दिपकराज गिरि,दिपा श्री निरौला,प्रियंका कार्की,पल शाह,आँचल शर्मा लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.