यस्तो छ, प्रतिक्षीत चलचित्र शत्रु गतेको ओपनीङ्ग ब्यापार !

लामो समय देखी दर्शकको प्रतिक्षामा रहेको चलचित्र शत्रु गतेले आजबाट प्रर्दशन आरम्भ गरेको छ । प्रत्येक हप्ता २ देखी ४ ओटा चलचित्र प्रर्दशन भैरहेको समयमा शत्रु गतेले भने एकल प्रर्दशन आरम्भ गरेको हो । राजधानी लगायत राजधानी बाहीरका मल्टीप्लेक्स सिनेमा हलमा अत्याधीक शो पाएको यो चलचित्र नेपाल भर १ सय १० भन्दा धेरै हलमा प्रर्दशन भएको छ ।
टेलिभिजन र स्टेज कार्यक्रममा अत्याधीक लोकप्रिय बनेका मदनकृष्ण श्रेष्ठ र हरिवंस आर्चायले निर्माण तथा अभिनय गरेको यो चलचित्रलाई दर्शकले कत्तिको रुचाउँछन्, भन्ने कुरा अहिलेले नै बताउन सक्ने अवस्था नरहे पनि आज बिहान र दिउँसोका शोहरुमा भने दर्शकको चाप राम्रै देखीएको छ । त्यसो त भोली शनिरबार बिदा, आईतबार पनि रामनवमी बिदा भएको कारणले गर्दा पनि यो चलचित्रले ब्यापार राम्रो गर्ने अनुमान गरिएको छ ।
तुलनात्मक हिसाबले हेर्दा बिगतका चलचित्रहरु (छक्का पञ्जा) र (क्रृ) को बराबार ईनसेल ब्यापार गर्न नसकेपनि यो चलचित्र हेर्न आउने दर्शकको संख्यामा भने कमी नरहेको बताईएको छ । शत्रु गतेले हल धेरै पाएको र शो पनि धेरै भएकाले दर्शक बाँडीयको हुनाले त्यस्तो देखीएको बताईएको छ ।
चलचित्रलाई जात्रा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन भने किरण केसीको प्रस्तुती रहेको छ ।
मह संचारको ब्यानरमा निर्माण भएको शत्रु गतेमा हरिवंस आचार्य,मदनकृष्ण श्रेष्ठ,दिपाश्री निरौला,दिपकराज गिरि,प्रियंका कार्की,पल शाह,आँचल शर्मा,किरण केसी,शिबहरी पौडेल लगायत कलाकारले अभिनय गरेका छन् ।

Powered by Blogger.