शत्रु गते दर्शकको चाहाना अनुसार बनेको निर्माण पक्षको दाबी !

चैत्र ९ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र शत्रु गतेले आज ललितपुरमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा कलाकार तथा निर्माता शिबहरी पौडेल,किरण केसी,दिपकराज गिरि र कलाकरहरु पल शाह, आँचल शर्मा निर्देशक प्रदिप भट्टराईको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अभिनेता पल शाहले आफुले अभिनय गरेका सबै चलचित्रले निर्मातालाई फाईदा नै पुर्याएको दाबी गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरु नाई न भन्नु ल ४ र म यस्तो गित गाउँछुले बक्स अफिसमा फाईदाको ब्यापार गरेका थिए भने जोनी जेन्टलमेन लाई बक्स अफिसमा असफल चलचित्र बताईने गरिएको छ । यसै क्रममा उनले अगाडी भने, शत्रु गते निकै राम्रो चलचित्र बनेको छ र यो चलचित्रबाट सिने क्षेत्रमा आफ्नो उचाई थप बढ्ने पनि दाबी गरेका छन् ।
त्यस्तै यो चलचित्रका प्रस्तुतकर्ता किरण केसीले पनि शत्रु गते दर्शकको चाहाना अनुसार बताईएको बताएका छन् ।
शत्रु गतेलाई जात्रा निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका छन् । भट्टराईले पनि दर्शकहरुले आफ्नो पहिलो चलचित्र जात्रालाई जसरी रुचाएका थिए, शत्रु गतेलाई पनि त्यसरी नै रुचाउने कुरामा आफु ढुक्क रहेको बताएका छन् ।
चलचित्रमा हरीवंस आर्चाय,मदनकृष्ण श्रेष्ठ,किरण केसी,शिबहरी पौडेल,दिपराज गिरि,दिपाश्री निरौला,प्रियंका कार्की,आँचल शर्मा,पल शाह लगायत कलाकारले अभिनय गरेका छन्, भने यो चलचित्रलाई मह संचारको ब्यानरमा निर्माण गरिएको छ ।


Powered by Blogger.