ईटहरी पुगेर सकियो शत्रु गते को मोफसल यात्रा !

चैत्र ९ गतेबाट देशभर प्रर्दशन हुन लागेको चलचित्र शत्रु गते को मोफसल यात्रा हिंजो फागुन ३० गते ईटहरी पुगेर सकिएको छ । फागुन २३ गते हेटौडाबाट सुरु भएको यात्रा नारायणघाट,बुटवल,पोखरा,विर्तामोड,दमक हुँदै ईटहरी पुगेर सकिएको हो ।
चलचित्रको प्रचार प्रसारको लागी यो टुरमा निर्माण पक्ष सँगै कलाकारहरु हरिवंस आर्चाय,किरण केसी,शिबहरी पौडेल,पल शाह,दिपाश्री निरौला,आँचल शर्मा लगायतका कलाकारहरु उक्त स्थानहरुमा पुगेका थिए ।
प्रस्तुतकर्ता किरण केसीका अनुसार चलचित्र शत्रु गते हेर्नको लागी दर्शक निकै आतुर रहेका छन् ।
प्रदिप भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रलाई हरिवंस आर्चाय,शिबहरी पौडेल,दिपाश्री निरौला,नरेन्द्र कंसाकार,यसोधा श्रेष्ठ र रमिला आचार्य ले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रमा दिर्घ गुरुङ्गको छायांकन,मित्र गुरुङ्गको सम्पादन र कबिराज गहतराजको कोरीयोग्राफी रहेको छ ।

Powered by Blogger.