प्रतिक्षीत चलचित्र शत्रु गतेको ट्रेलर रिलिज (भिडियो सहित)

चैत्र ९ गतेलाई प्रर्दशन मिति तोकेको यो वर्षको प्रतिक्षीत चलचित्र शत्रु गतेको ट्रेलर रिलिज भएको छ  । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण पक्षले ट्रेलर रिलिज गरेको हो ।
शत्रु गतेलाई हाँस्य कलाकारहरुले संयुक्त रुपमा निर्माण गरेको भए ता पनि ट्रेलरमा हाँस्य र रोदन दुबै कुरालाई बराबर प्राथमीकता दिईएको छ ।
मह संचारको ब्यानरमा निर्माण भएको शत्रु गतेलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन भने, मदनकृष्ण श्रेष्ठ,हरिवंश आर्चाय,पल शाह,आँचल शर्मा,दिपकराज गिरि,दिपाश्री निरौला,किरण केसी,प्रियंका कार्की लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.