यस्तो छ, शत्रु गतेको ६ दिने ग्रस कलेक्सन !

गत हप्ताबाट प्रर्दशन आरम्भ गरेको चलचित्र शत्रु गतेले ६ दिनको ब्यापार सार्वजनीक गरेको छ । हिंजो बिहिबार शत्रु गतेको राजधानी बितरक कम्पनी बिके फिलिम्स र मोसफल बितरक एफडी कम्पनीले एक साथ ६ दिने सलेक्सन सार्वजनीक गरेका हुन् ।

उनिहरुका अनुसार चलचित्रले ६ दिनमा ५ करोड ६२ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । कुल ५ करोड ६२ लाख मध्ये राजधानीबाट ३ करोड २५ लाख र मोफसलबाट २ करोड ३७ लाख कलेक्सन गरेको छ ।

शत्रु गते अल नेपाल १ सय ३१ ओटा पर्दामा प्रर्दशन भएको थियो ।

ब्यापार सार्वजनीक गर्ने क्रममा निर्माण पक्षले केक पनि काटेको थियो ।

मह संचारको ब्यानरमा निर्माण भएको यो चलचित्रले दोश्रो हप्ता पनि राम्रै ब्यापार गर्ने अनुमान गरीएको छ ।

सधै जसो २ देखी ४ ओटा नेपाली चलचित्र प्रर्दशन भैरहने घरेलु बजारमा यो हप्ता कुनै पनि नेपाली चलचित्र प्रर्दशन भएको छैन् । यो हप्ता पनि सबै तिर शत्रु गतेकै दब्दबा रहेको बताईएको छ ।

मदनकृष्ण श्रेष्ठ,हरिवंस आचार्य,दिपकराज गिरि,दिपाश्री निरौला,प्रियंका कार्की,आँचल शर्मा,पल शाह आदि कलाकारले अभिनय गरेको यो चलचिलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् ।

Powered by Blogger.