यसरी भैरहेको छ शत्रु गतेको अग्रीम टिकट बुकीङ्ग !

भोलीबाट प्रर्दशन हुन लागेको चलचित्र शत्रु गतेको अग्रिम टिकट बुकीङ्ग खुल्ला भएको छ । आजबाट बुकीङ्ग खुल्ला गरीएको यो चलचित्र हेर्न दर्शकको ताँती लाग्ने देखीएको छ । बुकीङ्ग खुल्ला गरीएको केही घण्टा मै (यो समाचार तयार पार्दा सम्म) जय नेपाल सिनेमा हलको भोली दिउँसो ३ बजेको शो हाउसफुल भएको छ, भने अन्य शो र अन्य सिनेमा हलमा पनि अबको केही घण्टामा सबै शो हरु हाउसफुल सम्भावना देखीएको छ । राजधानीमा क्युएफएक्स सिनेमा हलमा मात्रै २४ शो पाएको शत्रु गतेको अग्रीम टिकट बिक्री हुने क्रम तिब्र गतीमा अगाडी बढेको छ ।
 मह संचारको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका छन्, भने प्रस्तुतकर्तामा किरण केसी रहेका छन् ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ,हरिवंस आर्चाय,दिपाश्री निरौला,दिपक राज गिरि,पल शाह,आँचल शर्मा,प्रियंका कार्की,शिबहरी पौडेल,राजाराम पौडेल लगायत कलाकारले अभिनय गरेका छन् ।

बुकीङ्ग हेर्नको लागी यो लिंकमा क्लिक गर्नु होला

https://qfxcinemas.com/Home/GetTicketBookDetail?EventID=7210

Powered by Blogger.