पञ्चायत एक पटक सबैले हेर्नु पर्ने चलचित्र बनेको छ - निर्माण पक्ष

चैत्र २ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र पञ्चायतले आज चितवनमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको विषयमा पत्रकारहरुलाई जानकारी गराएको छ । पञ्चायती ब्यवस्थाको विषयमा बनेको यो चलचित्रका मुख्य अभिनेता सरोज खनालले यो चलचित्र वषौं वर्ष सम्म अभिलेखको रुपमा राख्नु पर्ने किसीमको भएकाले दर्शकको साथ र मायाँ पाउनेमा आफु ढुक्क रहेको बताएका छन् । उनले चलचित्र प्रेमपीण्ड मन पराउने दर्शकले पञ्चायत पनि मन पराउने दाबी गरेका छन् ।

त्यस्तै अभिनेत्री निता ढुंगानाले पनि पञ्चायत जस्तो ऐतीहासीक चलचित्रमा आफुले काम गर्न पाएकोमा निकै गर्व महसुस गरिरहेको बताएकी छिन् । ढुंगाना यो चलचित्रमा १४ वर्षे बालिकाको भुमिकामा देखीएकी छिन् ।
निर्देशक शिवंम अधिकारीका अनुसार यो चलचित्र एक पटक सबैले हेर्नै पर्ने चलचित्र बनेको छ । उनका अनुसार चलचित्र उत्कृष्ठ बनेकै कारणले गर्दा अमेरीमा भएको एक अर्वाड कार्यक्रममा २१६ वटा चलचित्रलाई पछाडी पार्दै पञ्चायतले उत्कृष्ठ चलचित्र र उत्कृष्ठ अभिनेत्रीको अर्वाड जित्न सफल भएको थियो ।
चलचित्रमा निता र सरोजका अलावा रुपा राना,गिता अधिकारी,विशाल पहाडी,गणेश गिरि लगायत कलाकारको अभिनय रहेको छ ।
पञ्चायतमा सुशान्त श्रेष्ठ,संकर सुबेदी,गणेश गिरि र रवि अधिकारीको लगानी रहेको छ


Powered by Blogger.