पंचायत टिमले मनायो होली (फोटो फिचर सहित)

रंगहरुको पर्व भनेर चिनिने होली पहाडी क्षेत्रमा हिंजो मनाईएको छ । आम सर्वसाधारण सँगै चलचित्रकर्मीहरुले पनि एक अर्कालाई रंग लगायर होली मनाएका छन् । प्रर्दशनको संघारमा रहेका चलचित्रहरुले पनि होली मनाउने सँगै प्रचार प्रसारलाई पनि तिब्रता दिएका छन् ।
यसै क्रममा ऐतीहासीक विषय बस्तुमा निर्माण भएको चलचित्र पंचायतले पनि बिभिन्न ठाँउमा पुरेर होली मनाएको छ ।
यस चलचित्रका निर्माता निर्देशक तथा कलाकारहरुले हिंजो दिनभर बिभिन्न ठाँउमा आयोजना गरिएका होली विषेश कार्यक्रममा सहभागीता जनाएको छ । चलचित्र पंतायतलाई शिवंम अधिकारीले निर्देशन गरेका हुन् । निता ढुंगाना,सरोज खनाल,रुपा राना,जानवी बस्नेत,गिता अधीकारी,गणेश गिरि,विशाल पहाडी लगायत कलाकारले अभिनय गरेको पंचायतलाई सुशान्त श्रेष्ठ,संकर सुबेदी र रवि अधिकारीले निर्माण गरेका हुन् । 


Powered by Blogger.