निता ढुंगाना, आफ्नै चलचित्रको प्रिमियरमा सबै भन्दा ढिला पुगेपछि !

चैत्र २ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र पञ्चायत ले सुक्रबार बेलुका राजधानीमा विषेश प्रिमियर शो गरेको थियो । उक्त शो मा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल,झलनाथ खनाल,नेताहरु योगेश भट्टराई,वर्षामान पुन,ओनसरी घर्ती मगर लगायत नेताहरुले चलचित्र हेरेका थिए ।

चलचित्र हेरीसकेपछि नेताहरुले एक पटक फेरी पञ्चायत कालको स्मरण गरेको प्रतिकृया दिएका थिए ।
अन्य चलचित्रको प्रिमियर तथा कार्यक्रममा सबै भन्दा पहिले पुगेर क्यामराको अगाडी उभिने अभिनेत्री निता ढुंगाना यो कार्यक्रममा भने सबै भन्दा ढिला उपस्थित भएकी थिईन् । त्यसो त पंञ्चायतका निर्देशक शिवंम अधिकारी पनि निकै ढिला अआईपुगेका थिए । कार्यक्रममा अभिनेत्री र निर्देशकलाई नदेखेपछि पत्रकारहरु निकै अलमलमा परेका थिए । त्यसो त अर्का अभिनेता सरोज खनाल पनि निकै ढिला उपस्थित भएका थिए । कालाकार र निर्देशक कार्यक्रममा उपस्थित हुँदा रेड कार्पेट पुरै खाली भएको थियो । अन्य चलचित्रकर्मी र पत्रकार बिना नै निता, सरोज र निर्देशक शिवं अधिकारी रेड कार्पेटमा हिंडेका थिए ।
शुसान्त श्रेष्ठ,संकर सुबेदी,रवि अधिकारी र गणेश गिरिले संयुक्त रुपमा निर्माण गरेको पञ्चायतले अमेरीकामा आयोजना गरिएको एक अर्वाड कार्यक्रममा २१६ ओटा चलचित्रलाई पछि पार्दै उत्कृठ चलचित्र र उत्कृष्ठ अभिनेत्रीको अर्वाड जित्न सफल भएको थियो ।


Powered by Blogger.