फर्कीदा फर्कदै राष्ट्रवादी चलचित्र निर्माण गर्ने घोषणा !

चलचित्र रातो घरबाट चलचित्र निर्माणमा होमीएका निर्माता निकेश लिम्बुले अब राष्ट्रवादी चलचित्र निर्माण गर्ने बताएका छन्  । चलचित्र ब्लाईन्ड रक्सको प्रर्दशनको लागी बेलायतबाट हंङकङ हुँदै नेपाल आएका निर्माता लिम्बुले आईतबार राती पुनः बेलायत फर्कने क्रममा नेप्लीउड सँग गरेको कुराकानीमा यस्तो बताएका हुन् ।
ब्यावसायीक चलचित्र रातो घर निर्माण गरें, बायोपीक चलचित्र ब्लाईन्ड रक्स पनि निर्माण गरे अब राष्ट्रबादी,राष्ट्रीय भावनाले ओतप्रोत भएको चलचित्र निर्माण गर्ने छु, उनले भने । उनका अनुसार नेपालमा राष्ट्रीयता बोकेका चलचित्रहरु निर्माण हुने क्रम न्युन छ ।
आईतबार राती उनलाई बिदाई गर्न चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, निर्माता तथा निर्देशक मिलन चाम्स,संचारकर्मी नरेश भट्टराई,नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, अभिनेत्री बेनिशा हमाल त्रिभुवन अन्तराष्ट्रीय बिमान स्थल पुगेका थिए ।


Powered by Blogger.