भिलेन अवतारमा दयाहाङ्ग, नेप्टे को ट्रेलर रिलिज (भिडियो सहित)

चैत्र ३० गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र नेप्टेले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर रिलिज गरेको छ । त्यसो त यो चलचित्रले यो भन्दा पहिले पनि दुई ओटा गित रिलिज गरेर सिने बजारमा एउटा बेग्लै माहोल बनाएको थियो । आज रिलिज गरिएको ट्रेलरमा अभिनेता दयाहाङ्ग राई यो चलचित्रमा भिलेनको रुपमा प्रस्तुत भएको देखीएको छ ।
दया यो चलचित्रमा भिलेन भएकै कारण पहिले रिलिज भएका गितहरुमा दयाहाङ्गलाई देखाउन नसेको निर्माता तथा अभिनेता रोहीत रुम्बाले प्रश्ट पारेका थिए ।
आर.रोशफी फिलिम्सको ब्यानरमा रोहीत रुम्बाले निर्माण गरेको यो चलचित्रलाई किरण माईकल घिमिरेले लेखेका हुन् भने देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
यस चलचित्रमा बाबु बोगडी,रोहीत रुम्बा,सन्तोष राजको संगित,कविराज गहतराजको कोरीयोग्राफी,रोशन श्रेष्ठको द्धन्द र हरि घले लामाको छायांकन रहेको छ ।


Powered by Blogger.