दुबईबाट आयो सन्जिवको पहिलो भिडियो !

बैदेशीक रोजगारीको सिलसिलामा बिदेशी भुमिमा पुगेका नेपालीहरुको गित संगीत प्रतिको मोह कती छ भन्ने हामीले देखी रहेका छौं । यसै क्रममा बिगत पाँच वर्ष देखी दुबईलाई कर्म थलो बनाउँदै आएका सन्जिवले आफ्नो पहिलो गितको भिडियो दुबईबाट रिलिज गरेका छन् ।
तिमीलाई देखेर बोलरहेको यस गितमा शब्द तथा स्वर सन्जिवकै रहेको छ भने कमल थापाले संगीत भरेका छन् । भिडियोमा सन्जिवलाई रेबीका थापा मगरले साथ दिएकी छिन् ।  यस गितको भिडियोलाई दुबईको मरिना बिच,मरभुमी र क्लवहरुमा छायांकन गरीएको छ । लामो समय देखी फोटोग्राफीमा सक्रिय रहेका कुसल फोटोग्राफर कमल श्रेष्ठले यो भिडियोको निर्देशन,छायांकन र सम्पादन गरेका हुन् ।



Powered by Blogger.