यस्तो छ अमेरीका बोईजको ट्रेलर (भिडियो सहित)

जेठ १८ गतेबाट  अल नेपाल एक साथ प्रर्दशन आरम्भ गर्न लागेको चलचित्र अमेरिका बोईज ले ट्रेलर रिलिज गरेको छ । सिवर्डस पिक्र्चस् र बडी ईन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन भने निर्मातामा प्रकाश भुजेल,ईन्द्र प्रसाद खरेल,कार्यकारी निर्मातामा समिर खरेल र सह निर्माताहरुमा अनुप थापा,यमुना खरेल र राज केसी रहेका छन् ।

सुनील थापा,अर्पण थापा,सन्दिप क्षेत्री,कामेश्वर चौरसीया,अभय बराल,श्रृष्टी कार्की,आसिश प्रसाई,सारदा गिरि लगायत कालाकारले अभिनय गरेको यस चलचित्रमा लेखन बिबेक पाण्डे,छायांकन आलोक शुक्ला,सम्पादन निमेश श्रेष्ठ र द्धन्द सम्राट बस्नेतको रहेको छ ।


Powered by Blogger.