मुखौटा म्युजिक भिडियो रिलिज !

पछिल्लो समय म्युजिक भिडियो निर्देशक निकेश खड्काले म्युजिक भिडियोमा पनि कथालाई समेट्न थालेका छन् । ‘बहुला’, ‘छोरी अन्माउँदा’लगायत केही म्युजिक भिडियोमा कथा प्रस्तुत गरेका खड्काले अहिले फेरी मुखौटा नामक म्युजिक भिडियो रिलिज गरेका छन् । यो म्युजिक भिडियोमा उनि चलचित्र लुटबाट प्रभावीत भएको प्रस्ट देखीन्छ ।
बशिष्टको शब्द, कल्यांण सिंहको संगितमा सनुप पौडेल र कल्यांणकै स्वरमा तयार भएको यस गितको भिडियो विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास गुरुङ्गले अभिनय गरेका छन्, भने भिडियोमा बुद्ध तामाङको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।


Powered by Blogger.