दाईजो प्रथा बिरुद्धको चलचित्र भोर को टिजर रिलिज !

दाईजो प्रथा बिरुद्धको विषयमा निर्माण भएको चलचित्र भोरको टिजर भएको छ । चलचित्र झोला बनाएर चर्चामा आएको टिमले नै यो चलचित्र निर्माण गरेको हो । यो टिजरले चलचित्र मौलीक भएको झल्को दिएको छ ।
यादवकुमार भट्टराईको निर्देशनमा बनेको यो चलचित्रमा रामनारायण ठाकुर,डली सरकार,प्रमेश झा,अनिता रानी चौधरी,विष्णुकान्त झा,राजेश सक्सेना,बिएम पटेल,पुजा कर्ण लगायत कलाकारले मुख्य भुमिकामा अभिनय अभिनय गरेका छन् ।
बैशाख २१ ग्तेलाई प्रर्दशन मिति तोकेको यो चलचित्रलाई राज तिमल्सिना,रामगोपाल थापा र देवेन्द्र सुवेदीले निर्माण गरेका हुन् । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको चलचित्र भोर मा कृष्ण धारावासीको लेखन,दिपक बज्राचार्यको छायांकन रहेको छ ।


Powered by Blogger.