चलचित्र भोर को पोस्टर रिलिज !

बैशाख २१ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र भोरले होली पर्वको अवसर पारेर फस्र्टलुक पोस्टर सार्वजनीक गरेको छ ।
नेपालको तराई भु भागमा रहेको दाईजो प्रथाको विषयमा बनेको यो चलचित्रलाई कृष्ण धावासीले लेखेका हुन भने चलचित्र झोला निर्देशक यादवकुमार भट्टराईले भोरको निर्देशन गरेका छन् ।
चलचित्रमा रामनारायण ठाकुर,अनिता रानी मण्डल,राजेश सक्सेना,डलि सरकार,बि एन पटेल,प्रमेश झा,बटुक राज मिश्र,पुजा कर्ण,अनिता देव लगायत कलाकारले अभिनय गरेका छन् ।
भोरलाई दिपक बज्राचार्यले छायांकन गरेका हुन्, भने किसन अर्याल मुख्य सहायक निर्देशक हुन् ।
कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुबेदी रहेको यस चलचित्रको निर्मातामा राज तिमल्सीना र राम गोपाल थापा रहेका छन् ।

Powered by Blogger.