प्रचार प्रसारलाई निरन्तरता दिंदै चलचित्र (तिमी सँग) !

चैत्र २३ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र चलचित्र तिमी सँग को काउन डाउन सुरु भएको छ । पछिल्लो पटक रिलिज गरिएको गित र प्रोमोलाई रुचाएका नेपाली चलचित्रका पारखीहरुले यो चलचित्रलाई कती रुचाउँछन्, भन्ने विषय अहिले प्रतिक्षामा रहेको छ ।
 तिमी सँगले दर्शकको साथ कती पाउँछ भन्ने चैत्र २३ पछि मात्रै थाहा हुने भए पनि अहिले भने यो चलचित्रले दर्शकको राम्रै साथ पाउने आँकलन गरीएको छ ।
पुराना र अनुभवी चलचित्रकर्मी शिशिर राणाको निर्माण तथा निर्देशन रहेको यो चलचित्रमा साम्राज्ञी शाह,आकास श्रेष्ठ,नाजीर हुसेन,शिशिर राणा,करिस्मा मानन्धर लगायत कलाकारले अभिनय गरेका छन् ।

पछिल्ला दिनहरुमा प्रचार प्रसारलाई तिब्र गतीमा अगाडी बढाएको निर्माण पक्ष केही दिन अघि मात्रै चितवन पुरेर त्यहाँ दर्शक तथा पत्रकारहरु सँग सात्क्षात्कार गरेको थियो । चितवनबाट फेरी काठमान्डौ फर्कीएको यो चलचित्रको निर्माण पक्ष अब फेरी देश दौडाहमा निस्कने तयारीमा रहेको बताईएको छ ।


Powered by Blogger.