यस्तो छ तिमी सँग को गित (हेर्नुस भिडियो सहित)

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र तिमी सँग ले गित रिलिज गरेको छ । चैत्र २३ गतेबाट प्रर्दशन हुन लागेको यो चलचित्रलाई लामो समय देखी चलचित्र क्षेत्रमा निकै सक्रिय भएर काम गरेका अनुभवी चलचित्रकर्मी शिशिर राणाले निर्माण र निर्देशन गरेका हुन् ।

सार्वजनीक गरीएको गितमा लेखु सहयात्रीको शब्द,राहुल मुर्खजीको संगीत,मधु भट्टाचार्य र राहुल मुर्खजीको स्वर रहेको छ ।

अन्नपुर्ण बेस क्याम्पमा छायांकन गरीएको यो गितको भिडियो हेर्दा जती सुन्दर लाग्छ, त्यती नै कोरीयोग्राफीको  पनि तारीफ गरीएको छ ।

कार्यक्रममा अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले पनि उपस्थित भएर तिमी सँग लाई सफलताको शुभकामना दिएकी छिन् । यस चलचित्रका कलाकार नाजीर हुसेन,आकास श्रेष्ठ र साम्राज्ञी शाहले पनि आफुहरुले निकै मेहेनतका साथ राम्रो काम गरेको र चलचित्र उत्कृष्ठ भनेको बताएका छन् ।

नमन प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा शुशिल क्षेत्रीको छायांकन,बनिश शाहको सम्पादन,रोशन भट्टराईको द्धन्द रहेको छ ।


Powered by Blogger.