ट्रेन्डिङ्गको शिर्ष स्थानमा शत्रु गते को ट्रेलर !

सोमबार दिउँसो राजधानीमा एक कार्यक्रमको आयोजना गरि रिलिज गरिएको चलचित्र शत्रु गतेको ट्रेलर करिब १२ घण्टामै ट्रेन्डिङ्गको पहिलो स्थानमा पर्न सफल भएको छ ।
यो समाचार तयार पर्दा सम्म यो ट्रेलरलाई युटुबका दर्शकले ५ लाख १८ हजार १ सय ७९ पटक हेरीसकेका छन् । चैत्र ९ गतेलाई प्रर्दशन मिति तोकेको शत्रु गतेलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन भने मह संचारको ब्यानरमा दिपकराज गिरि,दिपाश्री निरौला,नरेन्द्र कंसाकार,शिवहरी पौडेल,यसोदा श्रेष्ठ,रमिला आचार्यले निर्माण गरेका हुन् ।
चलचित्रमा दिर्घ गुरुङ्गको छायांकन,मित्र डि गुरुङ्गको सम्पादन,टंक बुढाथोकी र कालि प्रसाद बाँसकोटाको संगित,कविराज गहतराज र प्रविण शिंहको कोरीयोग्राफी र रोशन श्रेष्ठको एक्सन रहेको छ ।
यो वर्ष सबैको प्रतिक्षामा रहेको यो चलचित्रमा हरिवंस आर्चाय,मदनकृष्ण श्रेष्ठ,दिपक राज गिरि,शिवहरी पौडेल,राजाराम पौडेल,पल शाह,आंचल शर्मा,दिपा श्री निरौला,प्रियंका कार्की लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.