पंचायतको प्रिमियरमा नेताहरुको आईरो लाग्ने !

चैत्र २ गतेलाई प्रर्दशन मिति तोकेर प्रचार प्रसारलाई तिब्र गतीमा अगाडी बढाएको चलचित्र पंचायत टिम यतिखेर फागुन २५ गते विशेष प्रिमियरको तयारीमा जुटेको छ ।
निर्माण पक्षले बताए अनुसार २५ गतेको प्रिमियरमा राजनीतीज्ञहरु र भिआईपीहरुले यो चलचित्र हेर्ने छन् । २०३१ सालको पंचायती ब्यावस्थाको विषयमा बनेको यो चलचित्रले उक्त समयमा गाउँमा सबैले मानेको मुखियाले आम जनतालाई कसरी न्याय दिन्छन् भन्ने विषयको वरीपरी चलचित्र घुमेको बताईएको छ ।
अमेरीकामा भएको एक अर्वाड कार्यक्रममा पंचायतले २१७ वटा चलचित्रलाई पछाडी पार्दै, उत्कृष्ठ चलचित्र र उत्कृष्ठ अभिनेत्रीको अर्वाड जित्न सफल भएको थियो ।

२५ गते हुने विषेश प्रिमियरमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल,पुर्व प्रधानमन्त्री झलनाथ खनाल, नेताहरु प्रदिप ज्ञवाली,योगेश भट्टराई,सुरेन्द्र पाण्डे,जर्नादन शर्मा,वर्षामान पुन,पुर्व सभामुख ओनसरी घर्ती, गृहमन्त्री रामबहादुर थापा,वाताबरण मन्त्री लालबाबु पण्डीत लगायत चलचित्र हेर्न आउने निर्माण पक्षले जानकारी गराएको छ । त्यसै गरि यो चलचित्र हेर्न ईच्छा प्रकट गर्नेहरुमा बिमलेन्द्र निधि,मिनेन्द्र रिजाल,गगन थापा,प्रकाश शरण महत,उमा अधिकारी रेग्मी लगायत रहेको बताईएको छ ।

यो पिमियर राजधानीको कुमारी हलमा हुने छ । शिवंम अधिकारीको निर्देशनमा बनेको चलचित्र पंचायतका प्रस्तुतकर्ता गणेश गिरि हुन भने यो चलचित्रलाई शुसान्त श्रेष्ठ र रवि अधिकारीले निर्माण गरेका हुन् ।
चलचित्रमा निता ढुंगाना,रुपा राना,सरोज खनाल,गिता अधिकारी,गणेश गिरि,जाहान्वी बस्नेत,विशाल पहाडी,राजुबाबु श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.