यो हप्ता एक साथ भिड्दै छन् तिन चलचित्र । कसले मार्ला बाजी ?

हप्तामा २ वटा चलचित्र प्रर्दशन हुनु नेपाली चलचित्र बजारको लागी सामान्य भैसकेको छ । कुनै समय ५१ देखी  १०० दिन भन्दा धेरै एउटै फिल्मले देशभरीका हल कब्जा गर्दथ्यो । उक्त समयमा महिनामा मुस्किलले एउटा नेपाली फिल्म रिलिज हुन्थ्यो । तर अहिले समय फेरीएको छ । अहिले हप्तामा २ देखी ४ ओटा सम्म नेपाली फिल्म रिलिज हुन्छन् । एउटा फिल्मले एक हप्ता भरी हल कब्जा गर्न सक्यो भने त्यो फिल्मलाई सुपर डुपर हिट मान्ने गरिन्छ ।
सधै जस्तो आगामी सुक्रबार पनि नेपाली सिने बजारमा तिन चलचित्रहरुले एक साथ प्रर्दशन आरम्भ गर्दैछन् । मंगलम्, गाजा बाजा र हुर्रे, यि तिन मध्य कसले बाजी मार्छ भनेर अहिलेनै किटान गर्न सकीने अवस्था नरहेपनि बजारको माहोल अनुसार पुर्व अनुमान भने गर्न सकिन्छ ।
प्रर्दशनको नजिकै आउँदा गरिएको पुर्व अनुमान अनुसार चलचित्र मंगलम्ले राम्रै ब्यापार गर्ने छनक दिएको छ । छविराज ओझा प्रोडक्सन र त्यस माथी पनि पर्ख पर्ख मायाँलु गितको लोकप्रियताले गर्दा यो चलचित्रले निर्मातालाई सुरक्षीत बनाउने अनुमान गरिएको छ ।
मंगलमलाई नवल नेपालले निर्देशन गरेका हुन्, भने यो चलचित्रको प्रस्तुतकर्ता शिल्पा पोख्रेल रहेकी छिन् । चलचित्रमा शिल्पाका अलावा पृथ्वीराज प्रसाई,पुष्प खड्का,निर शाह, मिथिला शर्मा लगायत कलाकारले अभिनय गरेका छन् ।

लगातार फ्लप फिल्म दिईरहेकी अभिनेत्री केकी अधिकारी अभिनित चलचित्र हुर्रे ले पनि यसै हप्ता प्रर्दशन आरम्भ गर्दै छ । हुर्रे ले आवस्यक प्रचार प्रसार गर्न नसकेको र ब्यावसायीक रुपमा असफल अभिनेत्री केकी अधिकारी भएको कारणले गर्दा निर्माता सुरक्षीत गर्ने कुरामा शंका रहेको आंकलन चलचित्र बृतमा गरिएको छ । केकी राम्रो अभिनय गर्ने कलाकार भए ता पनि उनका चलचित्रले राम्रो ब्यापार गर्न नसकेको बिगतले देखाएको छ । यम थापाको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा केकीका अलावा अनुप बिक्रम शाही,राजाराम पौडेल,विजय बराल,अंकीत खड्का लगायत कलाकारले अभिनय गरेका छन्, भने दावा शेर्पा,छिरिङ्ग दोर्जे लामा,सोनम लामा यसका निर्माता हुन् ।

त्यस्तै विगत केही वर्ष देखी अनेक बिवादमा पर्दै आईरहेको चलचित्र गाजा बाजा पनि यसै हप्ता माथी उल्लेखीत दुई चलचित्रहरु सँग प्रतिस्पर्दामा आउने भएको छ । यो चलचित्रको नाम गाँजा बाजा बाट गाजा बाजा बनाईएको हो । लागु औषध सँग सम्बन्धीत नाम भएको भन्दै चलचित्र बिकास बोर्डले नाम परिर्वतन गर्न लगाएको थियो । त्यस लगत्तै निर्माण पक्ष अभिवेक्ती स्वतन्त्रता माथी बोर्डले अंकुस लगाउन खोज्यो भन्दै सर्वोच्च अदालत सम्म पुगेको थियो । अन्ततः अदालतले पनि बिकास बोर्डको कदमलाई सहि ठहर गर्दै मुद्धा फैसला गरेपछि निर्माण पक्ष चलचित्रको नाम परिर्वतन गरि प्रर्दशन गर्न बाध्य भएको हो । गणेश देव पाण्डेद्धारा निर्देशीत यो चलचित्रले ट्रेलर रिलिज गरेपछि पनि निकै आलोचीत भएको थियो । यसको ट्रेलरमा अश्लीन शब्द अत्याधीक प्रयोग गरिएको छ । गाजा बाजाको पनि पुर्व अनुमान त्यती उत्साहजनक देखीएको छैन् । गाजा बाजामा शुसील सिटौला,अनुपम शर्मा,वर्षा सिवाकोटी लगायत कलाकारले अभिनय गरेका छन्, भने गोमा विष्ट थापा र दिपेन्द्र रेग्मी यसका निर्माता हुन् ।

Powered by Blogger.