नेप्टेले गर्यो एक साथ तिन पोस्टर रिलिज !

चलचित्र नेप्टेको पोस्टर रिलिज भएको छ । चैत्र ३० गतेलाई प्रर्दशन मिति तोकेको यो चलचित्रलाई रोसफी फिलिम्सको ब्यानरमा रोहित रुम्बाले निर्माण गरेका हुन्, भने देबकुमार श्रेष्ठले निर्देशन गरेका छन् ।
आज रिलिज गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु सबै फिचरीङ्गमा छन् । चलचित्रमा किरण माईकलको लेखन,कविराज गहतराजको कोरीयोग्राफी,रोशन श्रेष्ठको एक्सन,सान्तोष राज,बाबु बोगडी,ओम सुनुवारको संगीत,तारा थापा (किम्भे) को सम्पादन र हरि घले लामाको छायांकन रहेको छ ।
नेप्टेमा दयाहाङ्ग राई,रोहित रुम्बा,बुद्धि तामाङ्ग,छुल्ठीम गुरुङ्ग,पुर्णीमा लामा,जय किसन बस्नेत लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.