मंगलमले गर्यो पर्ख पर्ख मायाँलु को एक करोड सेलिब्रेसन !

चलचित्र मंगलम् ले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी पर्ख पर्ख मायालु बोल रहेको गितको एक करोड भ्यु भएको उपलक्ष्य केक काटेर सेलीब्रेसन गरेको छ ।
अभिनेत्री शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको यस चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् ।
दिपक शर्माको शब्द तथा संगितमा तयार भएको यो गितमा कृष्ण काफ्ले र बिन्दु परियारले स्वर दिएका छन् ।
सेलिब्रेसन कार्यक्रममा संगितकार दिपक शर्माले आफुले यो गित अर्को एल्वमको लागी तयार गरिएको थियो तर छवि ओझाले मन पराएपछि निकै कष्टका साथ अर्को निर्माता सँग मागेर मंगलम् लाई दिएको बताएका छन् । त्यसै गरी अभिनेता निर शाहले पनि आफुलाई मंगलम् भन्ने नाम नै मन परेपछि, पारिश्रमीकको कुरै नगरीकन आफु फिल्म खेल्न तयार भएको बताएका छन् ।
उक्त कार्यक्रममा गायक कृष्ण काफ्ले र गायीका बिन्दु परियारले संचाकर्मीहरुलाई पर्ख पर्ख मायालु गित गाएर पनि सुनाएका थिए ।
कार्यक्रममा अभिनेत्री शिल्पा पोख्रेल,निर शाह,मिथिला शर्मा,पृथ्वीराज प्रसाँई,पुष्प खड्का, निर्देशक नवल नेपाल, छायांकार विष्णु कल्पित घिमिरे लगायतले चलचित्रको बारेमा जानकारी गराएका थिए ।


Powered by Blogger.