हेर्नुस यस्तो छ लिलिबिलि को तेश्रो गित (भिडियो सहित)

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र लिलिबिलिले तेश्रो गित (हावा सरी) रिलिज गरेको छ । दिपेन्द्र घिमिरेको शब्दमा एडी योगीको संगीत रहेको यो गितमा एसडी योगी र मेनुका पौडेलको स्वर रहेको छ ।
सार्वजनीक गरीएको यो गितको भिडियोमा प्रदिप खड्का र प्रियंका कार्कीलाई प्रस्तुत गरिएको छ, भने कविराज गहतराजको कोरीयोग्राफी रहेको छ ।
गीत रिलिज कार्यक्रममा अभिनेता प्रदिप खड्का,अभिनेत्रीहरु प्रियंका कार्की,जसिता गुरुङ्ग, निर्माताहरु गोविन्द शाही,सुदिप खड्का र निर्देशक मिलन चाम्सको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अभिनेता प्रदिप खड्काले चलचित्र लिलिबिलि आफ्नो रि डेब्यु चलचित्र भएको बताएका छन् । उनका अनुसार यो चलचित्र अत्यन्तै उत्कृष्ठ बनेको छ ।
काफीया फिलिम्स,सुदिप खड्का प्रोडक्सन र चाम्स ईन्टर टेन्मेन्टको ब्यानरमा निर्माण भएको लिलिबिलिमा प्रदिप खड्का,जसिता गुरुङ्ग,प्रियंका कार्की,सविन श्रेष्ठ,अनुप बिक्रम शाही लगायत कलाकारहरुले अभिनय गरेका छन् ।
चैत्र ३० गतेबाट प्रर्दशन हुन लागेको यो चलचित्रलाई सुदिप बरालले छायांकन गरेका छन्, भने अर्जुन जिसिको सम्पादन रहेको छ ।


Powered by Blogger.