लिलिबिलि को ट्रेलर रिलिज हेर्नुस (भिडियो सहित)

बिगतमा २ वटा गित रिलिज गरेर चर्चामा आएको चलचित्र लिलिबिलि ले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको छ । निर्माण पक्षले रिलिज गरेको यो ट्रेलरले चलचित्र मसलेदार भएको बुझाउँछ ।
मिलन चाम्स द्धारा निर्देशीत यो चलचित्रले चैत्र ३० गतेबाट देशब्यापी प्रर्दशन आरम्भ गर्ने छ ।
काफिया फिलिम्स,सुदिप खड्का प्रोडक्सन र चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा गोविन्द शाही,सुदिप खड्का र मिलन चाम्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रमा प्रदि प्रभारद्धाजको लेखन,सुदिप बरालको छायांकन,कविराज गहतराजको कोरीयोग्राफी,चन्द्र पन्तको एक्सन र अर्जुन जिसिको सम्पादन रहेको छ ।
लिलिबिलिबाट नवअभिनेत्री जसिता गुरुङ्गले डेब्यु गरेकी छिन्, भने प्रदिप खड्का,प्रियंका कार्की,अनुपबिक्रम शाही,सविन श्रेष्ठ,ध्रुव दत्त,मनिश श्रेष्ठ,रितेश चाम्सले अभिनय गरेका छन् ।


Powered by Blogger.