हेर्नुस यस्तो बनेको कोहलपुर एक्सप्रेसको ट्रेलर (भिडियो सहित)

बुधबार एक कार्यक्रमको आयोजना गरी चलचित्र कोहलपुर एक्सप्रेसको ट्रेलर रिलिज गरीएको छ । अभिनेत्रीबाट निर्मात्री बनेकी केकी अधिकारीले प्रस्तुत गरेको यो चलचित्रलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । निर्देशक भण्डारीले आफ्नो चलचित्रले करीब २ घण्टा दर्शकलाई भरपुर मनोरञ्जन दिने दाबी समेत गरेका छन् ।
केकीले आफु करिब एक दशक चलचित्र क्षेत्रमा काम गरेको भएता पनि निर्माता बन्दा आफु यो क्षेत्रको लागी नयाँ भएको जस्तो अनुभब गरेको बताएकी छिन् ।
बैशाख १४ गतेलाई प्रर्दशन मिति तोकेको कोहलपुर एक्सप्रेसलाई जुनकीरी आर्टको ब्यानरमा निर्माण गरीएको छ, भने भद्रबहादुर शाही,देबीलाल न्यौपाने र शिब प्रसार चौलागाई निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा केकी अधिकारी,प्रियंका कार्की,ऋचा शर्मा,बुद्धि तामाङ्ग,रविन्द्र झा, बिनोद न्यौपाने,कुसाग्र भट्टराई लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.