गाजा बाजाले पायो एडल्ट प्रमाण पत्र !

चलचित्र गाजा बाजाले नेपाल सरकार चलचित्र जाँच पास समितिबाट एडल्ट प्रमाण पत्र पाएको छ । यो प्रमाण पत्र पाए सँगै अब १६ वर्ष भन्दा कम उमेरका लागी यो चलचित्र हेर्ने बाटो बन्द भएको छ ।
नामको कारणले निकै बिवादमा परेको यो चलचित्रको पक्षमा अदालतको फैसला  पनि नआएपछि निर्माण पक्षले चलचित्रको नाम (गाँजा बाजा) बाट (गाजा बाजा) बनाएर प्रर्दशन गर्न लागेको बताईएको छ ।
गाजा बाजा अब फागुन २५ गतेबाट अलनेपाल एक साथ प्रर्दशन हुने छ । यो चलचित्रका निर्देशक गणेश देव पाण्डेले बताए अनुसर जाँचपास समितिले गाजा बाजा लाई कुनै दृश्य नकाटीकन र कुनै ठाँउमा पनि बिप नराखीकन एडल्ट प्रमाण पत्र दिएको हो ।
गाजा बाजालाई दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा डिआर फिलिम्स र टुका ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरेका हुन् ।
चलचित्रमा निख एण्ड जटाको संगित,याकोपो रास्लिकको छायांकन् र लोकेश बज्राचार्यको सम्पादन रहेको छ भने सुशिल सिटौला,वर्षा राउत, अनुपम शर्मा,रविन थापा,उद्धब भट्टराई,अम्बर सुबेदी,जिवन भट्टराई,कबिर सुब्बा,गोपाल अर्याल लगायत कलाकारले अभिनय गरेका छन् ।

Powered by Blogger.