अन्तीम चरणमा फेरी फेरी को छायांकन !

चलचित्र फेरी फेरी को छायांकन अन्तीम चरणमा पुगेको निर्माण पक्षले जानकारी गराएको छ । बिहिबार केही एक्सनका दृश्यहरु छायांकन गरीए सँगै यो चलचित्रको ८५ प्रतिशत छायांकन सकिएको हो । पुरन थापाको लेखन तथा निर्देशन रहेको यो चलचित्रको राजधानीको छायांकन सकेर राजधानी बाहरी दामन,चितवन हुँदै कर्णाली सम्म पुगेर छायांकन गरीने निर्माण पक्षले बताईएको छ ।
निर्माण पक्षले यो चलचित्रलाई आगामी दशैं सम्ममा प्रर्दशन गर्ने कार्यतालीका अनुसार छायांकनलाई तिब्र गतिमा अगाडी बढाएको छ ।
फेरी फेरीमा सुरेश बज्राचार्यको छायांकन,बिपिन मल्लको सम्पादन,एन वि मर्हजनको द्धन्द र निरज थापाको निर्माण रहेको छ, भने ऋचा शर्मा,अर्पण थापा,धर्मेन्द्र आर्चाय,पुरन थापा,लय सँग्रौला,ओम प्रतिक,निक शर्मा,धुब्र कोईराला,रश्मी पाण्डे,सोनीका बास्तोला,एलिना बासकोटा,राम बुढाथोकी लगायत कलाकारले अभिनय गरेका छन् । 


Powered by Blogger.