असार २९ मा आउने भयो ड्रिम गर्ल !

चलचित्र ड्रिम गर्लले प्रर्दशन मिती तोकेको छ । निर्माण पक्षले बताए अनुसार अब यो चलचित्र असार २९ गतेबाट सार्वजनीक प्रर्दशन हुने छ । ऋषिराज आचार्यको निर्देशनमा बनेको यो चलचित्रलाई आरबी मुभिज र दक्षीण भारतको रिल एण्ड रियल सिनेमाको ब्यानरमा निर्माण गरीएको छ ।
ड्रिम गर्ललाई निर्देशक आचार्य सँगै अर्जुन शर्मा, आन्टा रोचारोवन र रामेश्वर धितालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रमा आकास श्रेष्ठ,आश्मा गिरि,विल्सन बिक्रम राई,सरोज खनाल,अर्जुन श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा अर्जुन पोख्रेलको संगीत र राहुल राईको छायांकन रहेको छ ।


Powered by Blogger.