आजबाट सिनेमा हलमा दुई चलचित्र ब्लाईन्ड रक्स र नाका !

आजबाट चलचित्र हलमा दुई नेपाली चलचित्र ब्लाईन्ड रक्स र नाकाले प्रर्दशन आरम्भ गरेका छन् । एक दृश्टी विहिन युवतीको संर्घसको कथामा बनेको बायोपीक चलचित्र ब्लाईन्ड रक्स सँगै अपराधीक कथामा निर्माण भएको चलचित्र नाका सुक्रबार प्रर्दशन अन्र्तगत यो हप्ता सिनेबजारमा आएका हुन् । चलचित्र ब्लाईन्ड रक्स ब्यापरीक चलचित्र नभएको निर्माण पक्षले बताएको छ । निर्माता निकेश लिम्बुका अनुसार समाजलाई प्रेरण दिन र शारीरीक अपांगता भएकाहरुलनाई हौसला र उर्जा प्रदान गर्ने उद्श्यका साथ यो चलचित्र निर्माण गरिएको हो । मिलन चम्स द्धारा निर्देशीत यो चलचित्रमा बेनीशा हमाल,अर्पण थापा, गौरी मल्ल लगायत कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै नेपालको उत्तरी नाकामा हुने अपराधीक घटनालाई लिएर निर्माण गरिएको चलचित्र नाकालाई अमित श्रेष्ठले निर्देशन गरेका हुन् । रविन तामाङ्ग,विपिक कार्की,सजन थापामगर,प्रकास गन्र्दभ लगायत कलाकारले अभिनय गरेका छन्, भने यो चलचित्रलाई मिडिया पोर्टको ब्यानरमा निर्माण गरिएको छ ।


Powered by Blogger.