(तिम्रो स्वरमा स्वर मिलाई) अनुराग को लिरिकल भर्सन गित रिलिज !

चलचित्र अनुराग मा समाबेस गरिएको तिम्रो स्वरमा स्वर मिलाई बोल रहेको गितको लिरिकल भर्सन रिलिज भएको छ । सत्यराज एस.आर.सी को शब्द,सरोज पोख्रेलको संगित र प्रताप दासको स्वर रहेको यस लिरिकल भिडियोलाई टेकेन्द्र शाहले तयार गरेका हुन् ।
एरिका फिलिम्स प्रोडक्सनको ब्यानरमा रिषिराज धमला प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई सत्यराज एस.आर.सी ले निर्देशन गरेका छन् ।
चलचित्रमा भुपेन्द्र अधिकारीको सम्पादन, राम कुमार केसीको छायांकन,बिक्रम स्वार,प्रविण शिंहको कोरीयोग्राफी र सरोज पोख्रेलको संगित रहेको छ भने भरत गौतम र गिता भेटवाल यो चलचित्रका निर्माता हुन् ।
अनुराग मा एलिजा गौतम,समुन्द्र पण्डीत,सरोज खनाल,ठिलेंन लामा, रुपा राना,राजाराम पौडेल,मोहन निरौला,विश्व बस्नेत लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.