मिस्टर भर्जिन अब भदौ १ गतेबाट प्रर्दशन हुने !

वल्र्ड वाईड फिलिम्स डिस्ट्रिब्युसनको ब्यानरमा निर्माण भएको चलचित्र मिस्टर भर्जिन भदौ एक गतेबाट मात्रै प्रर्दशन हुने भएको छ । केही दिन अगाडी टुल्की बोल रहेको गित सार्वजनीक गरेर चर्चामा आएको यो चलचित्रलाई बिशारत बस्नेतले निर्देशन गरेका छन् ।
चलचित्रमा रामेश्वर कार्कीको छायांकन,बिक्रम स्वाँर,दिपक याम शिंहको कोरीयोग्राफी,महेश दवाडीको लेखन,सुरज पण्डीत,श्रीकृष्ण बम मल्ल,बुलेट फ्लो,आधा सुर,आर.जे, मिस्टर प्रिन्सको संगित,मिलन डि काफ्रीको सम्पादन रहेको छ ।
मिस्टर भर्जिनमा खिलेन्द्र तिमल्सिना,प्रजापती सापकोटा,मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ ।
गौरब पहाडी,मरिस्का पोख्रेल,बिजय बराल, कमलमणी नेपाल,रविन्द्र झा,श्रृजना सुब्बा,भोलाराज सापकोटा लगायत कलाकारले अभिनय गरेको यो चलचित्रमा सन्दिप उप्रेती सह निर्माताको रुपमा रहेका छन् ।


Powered by Blogger.