मेरो नयाँ प्रोजेक्ट बिर बिक्रम २ बाहेर अरु कुनै पनि तयारी छैन- मिलन चाम्स !

चलचित्र क्षेत्र यस्तो क्षेत्र हो जहाँ काम कम हल्ला बढि हुन्छ । बजारमा चलचित्रहरुको विषयमा जे जती चर्चा हुन्छ, त्यसको आधी मात्रै काम भयो भने पनि नेपाली चलचित्र क्षेत्रलाई धेरै राहत पुग्ने बताईन्छ ।
बुधबार नेपाली नेपाली सिने बजारमा एउटा कुराले निकै चर्चा पायो । चलचित्रहरु लिलिबिलि,हेप्पी डेज र बोबी को प्रर्दशनमा जुटेका निर्देशक मिलन चाम्सले अभिनेता प्रदिप खड्कालाई लिएर अर्को चलचित्र (सोली डोली) बनाउँदै छन् भन्ने । यो चर्चा सत्य हो वा असत्य हो ? भन्ने विषयमा नेप्लीउडले मिलन चाम्स सँग सम्पर्क गर्दा, उनले भने- यो हाल्ला कसरी भयो मलाई नै थाहा छैन,यहि कुराले गर्दा आज मलाई यती धेरै फोन आईरहेको छ, कि मैले आज फोन रिसिभ गर्ने र स्पस्टीकरण दिने भन्दा अरु काम गर्नै भ्याएको छैन ।
यसै विषयमा थप स्पस्टिकरण दिंदै चाम्सले सामाजीक संजाल फेसबुकमा समेत आफ्नो आगामी प्रोजेक्ट (बिर बिक्रम २) बाहेक अरु कुनैको पनि तयारी नभएको उल्लेख गरेका छन् । 
आखिर नभएको कुराको हल्ला किन चलाईन्छ त ? यस्ता आधार हीन कुराले चलचित्र क्षेत्रै बिस्वस्नियतामा प्रश्न चिन्ह खडा गर्दैन र ? एक पटक सकैले सोंच्नु पर्ने समय आएको छ ।
चाम्सद्धारा निर्देशीत चलचित्र लिलिबिलि चैत्र ३० गतेबाट प्रर्दशन हुँदै छ, भने हेप्पी डेज र बोबी पनि प्रर्दशनको तयारीमा रहेका छन् ।

Powered by Blogger.