कृष्णको चर्चा चुलिदै । पर्ख पर्ख मायाँलु करोड क्लबमा !

फागुन २५ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र मंगलम् को पर्ख पर्ख मायाँलु बोल रहेको गितलाई युटुबमा एक करोड भन्दा धेरै पटक हेरीएको छ । चलचित्र छक्का पञ्जाको देख न चम्पा,किस्मत २ को तिम्रो पिक्र्चर हिट लगायत दर्जनौं हिट गितमा गाएका कृष्ण काफ्लेकै स्वर रहेको यो गितमा शब्द तथा संगित दिपक शर्माको रहेको छ । माथी उल्लेखीत गितहरु नेपाली संगित बजारमा हिट भए सँगै संगितकार दिपक शर्मा र गायक कृष्ण काफ्लेको चर्चा निकै चुलिएको पाईएको छ । त्यसो त यि गितहरुले चलचित्रको ब्यापारमा पनि धेरै सघाउ पुर्याएको निर्माताहरुले बताउने गरेका छन् ।
पर्ख पर्ख मायाँलुमा कृष्णलाई बिन्दु परियारले साथ दिएकी छिन् । अहिले संगित बजारमा बिन्दुको चर्चा पनि उत्तीकै भएको पाईएको छ ।
चलचित्र मंगलम्लाई छविराज ओझाले निर्माण गरेका हुन्, भने नवल नेपाल यसका निर्देशक हुन् । शिल्पा पोख्रेल,पुष्प खड्का,पृथ्वीराज प्रसाई,निर शाह,मिथिला शर्मा सँगै अतिथि भुमिकामा साम्राज्ञी शाहले पनि अभिनय गरेकी छिन् ।
मंगलम् मा कविराज गहतराजको कोरीग्राफी,विष्णु कल्पित घिमिरेको छायांकन,गोविन्द फुयाँलको कथा,मित्रदेव गुरुङ्गको सम्पादन रहेको छ ।


Powered by Blogger.