आजबाट दोश्रो हप्तामा मंगलम !

गत सुक्रबारबाट प्रर्दशन आरम्भ गरेको चलचित्र मंगलम् आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ । दोश्रो हप्ता पनि यो चलचित्रले देशभरका ६० वटा सिनेमा हलमा उत्साहजनक ब्यापार गरेको निर्माण पक्षले जानकारी गराएको छ । पारिवारीक प्रेम कथामा निर्माण भएको यो चलचित्रलाई दर्शकले निकै रुचाएका छन् । यो चलचित्रले राजधानी लगायत मोफसलका मल्टीप्लेक्स हलहरुमा समेत दोश्रो हप्तामा शो पाएको छ ।
नवल नेपालको निर्देशन, शिल्पा पोख्रेल प्रस्तुतकर्ता र छविराज ओझा निर्माता रहेको यो चलचित्रमा शिल्पा पोख्रेल,पुष्प खड्का,पृथ्वीराज प्रसाई,निर शाह,मिथिला शर्मा र अतिथि भुमिकामा सामाज्ञी शाहले पनि अभिनय गरेका छन् ।
चलचित्रमा दिपक शर्माको संगीत,विष्णु कल्पीत घिमिरेको छायांकन र कविराज गहतराजको कोरीयोग्राफी रहेको छ ।


Powered by Blogger.