मंगलम हेरेपछि रुँदै निस्किए चलचित्रकर्मी र पत्रकारहरु !

सुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र मंगलम् ले आज राजधानीमा चलचित्रकर्मी र पत्रकारहरुको लागी विषेश शो को आयोजना गरेको थियो । उक्त विषेश हो मा उपस्थित भएर मंगलम् हेर्ने अधिंकास चलचित्रकर्मी र पत्रकारहरु आँसु पुछ्दै हलबाट बाहीरीएका थिए । पारीवारीक प्रेम कथामा बनेको यस चलचित्रका निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काको कामको तारीफ नगर्ने कोही पनि देखीएका थिएनन् ।
मैले दिबंगत निर्देशक शिव रेग्मीलाई उत्कृष्ठ निर्देशक ठान्ने गरेको थिए तर आज मंगलम् हेरे पछि थाहा भयो रेग्मी भन्दा राम्रो फिल्म बनाउन सक्ने क्षमता नवल नेपालमा रहेछ, हलबाट बाहीरीदै गरेका कलाकार तथा निर्माता केसब भट्टराईले बताए । त्यस्तै बरिष्ठ कलाकार तथा निर्माता निर्देशक निर शाहले पनि निर्देशक र अभिनेता पुष्प खड्काको खुरै तारिफ गरे । उनले पुष्प खड्काको काम प्रति लक्षीत गर्दै अभिनेता भनेको यस्तो हुनु पर्ने बताए ।
छविराज ओझा प्रोडक्सनको ब्यानरमा शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको मंगलम् मा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई,निर शाह,मिथिला शर्मा सँगै अतिथि भुमिकामा साम्राज्ञी शाहले पनि अभिनय गरेकी छिन् ।
चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन,दिपक शर्माको संगित,कविराज गहतराजको कोरीयोग्राफी र मित्र गुरुङ्गको सम्पादन रहेको छ ।

Powered by Blogger.